फागुन २३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब साविक नेकपा एमालेको बैठक बोलाउने बताउनु भएको छ । आइतबार बालुवाटारमा बोलाइएको संसदीय दलको बैठकमा ओलीले सर्वोच्च अदालतको फैसला अनुसार एमालेको बैठक बस्ने बताउनु भएको हो ।
‘प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ भएको बैठकमा बोल्दै उहाँले अदालतले ऋषि कट्टेललाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दिए पनि राजनैतिक रुपमा यसले मुलुकलाई सही कोर्समै लैजाने बताउदैं अब नेकपा एमालेको बैठक बस्ने बताउनु भएको हो । सर्वोच्चले पार्टी एकताको भावना र मर्मविपरीत फैसला गरेको बताउदैं उहाँले सर्वोच्चका दुवै फैसला आफ्नो लागि सुखद नरहेका भएपनि अदालतको फैसला स्वीकारेर अगाडि बढ्ने बताउनु भयो ।