• २०८३ बैशाख ३१ गते बिहिवार

प्रहरी श्रीमती संघको आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २३, दैलेख । कर्णाली प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा दैलेख जिल्ला गुँरास गाउँपालिका ( ८ धरमपोखरा स्वास्थ्य चौकीमा एक दिने स्त्रीरोग तथा जनरल फिजिसियन र दाँत सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । निशुल्क स्वास्थ्य शिविरमा ६ जना डाक्टर तथा ७ जना प्यारामेडिक्स सहित १३ जना संलग्न हुनु हुन्थ्यो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक वसन्त कुमार पन्तको प्रमुख आतिथ्य तथा श्रीमती अजिता लोहनी पन्तको अध्यक्षता र गुराँस गाउपालिकाका अध्यक्ष खेमराज वलीको बिशेष आतिथ्यतामा कार्यक्रम संचालन भएको हो । उक्त शिविरमा महिला ४२९ र पुरुष १७२ गरी जम्मा ६०१ जनाले सेबा प्राप्त गरेका थिए । कार्यक्रम बिहान ०९ः३० बजे सुरु भई बेलुका ५ बजे सफलताका साथ सुसम्पन्न भएको कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतका सुचना अधिकारी प्र।हरी बरिष्ठ उपरिक्षक अर्जुन चन्दले बताउनु भयो ।

Sharing

प्रतिक्रिया दिनुहोस