फाल्गुन २३, रोल्पा । रोल्पाको रुन्टिगढी गाउँपालिका–६ गातिममा गएराती ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । वडाको खाराबाट गातिम जादै गरेको ना ७ त ६४०० नम्बरको ट्रयाक्टर दुर्घटना हुदा सोही ठाउँका ३१ वर्षका खगेन्द्र रानाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
चालक थबाङ गाउँपालिका–३ मिरुलका २० वर्षका तुफान भन्ने बलप्रसाद बुढामगर भने सकुशल रहेको र उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय होलेरीका इन्स्पेक्टर शंकर खड्काले जानकारी दिनुभयो । मध्यरातमा मदिरा सेवन गरी सवारी चलाउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।