• २०८३ भाद्र २१ गते आइतवार

धादिङमा सवारी दुर्घटना हुँदा १९ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन २३, धादिङ । धादिङको पृथ्वी राजमार्ग खण्डमा भएको सवारी दुर्घटनामा परी १९ जना घाइते भएका छन् । काठमाण्डौँबाट गौरतर्फ जाँदै गरेको प्रदेश ३-०१- ०००६ ख १२४९ को बस आफै अनियन्त्रित भई गजुरी गाउँपालिकास्थित फुर्के खोला नजिकै सडकमा पल्टँदा बसमा सवार यात्रुहरु घाइते भएका हुन् ।

घाइतेमध्ये दश जनालाई काठमाण्डौँका विभिन्न अस्पतालहरुमा पठाइएको छ भने अन्य नौ जनाको गजुरीस्थित अस्पतामा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भिर रहेकोले काठमाण्डौँमा थप उपचारका लागि पठाइएको इलाका प्रहरी कार्यालय गजुरीले जनाकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस