फागुन २३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्दको खोप लगाउनु भएको छ । प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण अस्पतालमा रहेको खोप केन्द्रमा पुगेर कोरोना खोप लगाउनु भएको हो ।प्रधानमन्त्री ओलीले खोप लाएसँगै दोस्रो चरणको खोप अभियन सुरू भएको छ ।।दोस्रो चरणको अभियानअन्तर्गत आजदेखि देशभर ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने छ ।
यस्तै हिमाली भेगका १५ जिल्लामा भने ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिनेछ । दोस्रो चरणमा करिब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने छ । खोप अभियान छ हजार खोप केन्द्रबाट सञ्चालन हुनेछ ।यसअघि गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको थियो । पहिलो चरणमा चार लाख २९ हजारलाई खोप प्रदान गरिएको थियो ।