• २०८३ असार ११ गते बिहिवार

हायस र मोटरसाइकल ठोक्किएर दुर्घटना हुदाँ मोटरसाइकलमा सवार दुईको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुण २३, सुनसरी । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सुन्दरहरैँचा नगरपालिका–८ र ७ को सिमानास्थित मध्याली पुलनजिक आइतबार बिहानका राति १२ः४० बजेतिर भएको दुर्घटनामा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मादक पदार्थ सेवन गरेका चालकले चलाएको हायस माइक्रो र मोटरसाइकल ठोक्किएर मोरङको सुन्दरहरैँचामा भएको दुर्घटनामा परेर दुई जनाको ज्यान गएको हो ।

प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माका अनुसार दुर्घटनामा परेर मोटरसाइकलमा सवार मोरङको बेलबारी नगरपालिका–११ का २१ वर्षीय अर्जुन न्यौपाने र मनोज कटुवालको मृत्यु भएको हो । मृतक दुवै जनाको बिहान ७ बजेतिर पहिचान खुलेको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा बिहान १ः४० बजेतिर विराटनगरको कोसी अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका टनामा हायसका चालक काठमाडौं बस्ने २८ वर्षीय गणेश थापा र सह–चालक मोरङ बेलबारीका अन्दाजी १८ वर्षीय उत्सव गिरीको विराटनगरस्थित विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचार भइरहेको छ। दुवै जनाको अवस्था चिन्ताजनक छ । उनीहरुमध्ये सह–चालकको हात र कपाल जलेको छ । हायसमा यात्रा गरिरहेका १२ जना यात्रु भने सकुशल रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस