• २०८३ बैशाख ९ गते बुधवार

सिराहामा आगलागी हुँदा एक बालकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २३,सिराहा। सिराहामा एक घरमा आगलागी हुँदा ८ वर्षीय बालकको जलेर मृत्यु भएको छ । बुधबार साँझ मिर्चेया नगरपालिका-७ स्थित रसिद राइनको घरमा आगलागी हुँदा उनको ८ वर्षीय छोरा जाबिरको मृत्यु भएको हो ।

प्रहरीका अनुसार ८ वर्षीय छोरालाई घरभित्र सुताएर आमाबुवा बजार गएको समयमा आगलागी हुँदा बालकको मृत्यु भएको हो । बुधबार साँझ जाबिरलाई घरभित्र सुताएर रसिद र उनकी श्रीमती बजार गएका थिए । लामखुट्टेले धपाउनका लागि उनीहरुले घुर पनि बालेर गएका थिए । सोही घुरको आगो सल्केर आगलागी हुँदा बालकको मृत्यु भएको हो ।

उक्त आगलागीले घर र घरभित्रका सम्पूर्ण सामान जल्दा रु ५ लाख बराबरको क्षति समेत भएको उनले बताए । आगोलाई स्थानीयले नियन्त्रणमा लिएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस