मंसिर २०,सर्लाही । सर्लाहीमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । सर्लाहीको बलरा नगरपालिका वडा नं. ५ को मुस्लिम समुदायकी १४ वर्षिय किशोरीमाथि समुहिक बलात्कर भएको हो ।
बलरा नगरपालिका वडा नं. ४ स्थित आज सोमबार बिहान दाउरा खोज्न गएकी किशोरीलाई ४ जना युवाले सामूहिक बलात्कार गरेको स्थानीयले बताएका छन । तर सर्लाहीका एसपी कृष्ण प्रसाईले दुई जनाले मात्र बलात्कार गरेको जिकिर गर्दै दुई जनालाइ पक्राउ गरेका छन । बलात्कृत किशोरीको मेडिकल गर्न पठाएको एसपी प्रसाइले बताए ।
यता दुई जना आरोपीलाई बचाउन खोजिएको स्थानीयको आरोप छ । पक्राउ परेका आरोपीहरुको नाम भने अहिले सर्वजानिक नगरी थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।