• २०८३ बैशाख ४ गते शुक्रवार

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २०, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज तेस्रो चरणका अन्तिम खेल हुन लागेका हुन् ।

पहिलो खेलमा दिउँसो १ बजे हिमालयन शेर्पा र नेपाल पुलिस क्लब भिड्दैछन् । आजको दोस्रो तथा तेस्रो चरणको अन्तिम खेलमा बेलुकी ५ बजे जावलाखेल युथ र मच्छिन्द्र क्लब खेल्नेछ । यसअघि हिजो भएको एकमात्र खेलमा त्रिभुवन आर्मीले ब्रिगेड ब्वाइजलाई १–० गोलले पराजित गर्दै पहिलो जित दर्ता गरेको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस