• २०८३ बैशाख ११ गते शुक्रवार

तनहुँमा गोली लागेर युवकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २०, तनहुँ। तनहुँको शुक्लागण्डकी नगरपालिका-१ थप्रेकमा गोली लागेर एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी तनहुँका अनुसार गएराति सिकार खेल्न गएकाबेला गोली लागेर सोही ठाउँकै १७ वर्षीय रोहित मल्लको मृत्यु भएको हो ।

शुक्लागण्डकीस्थित रतनपुर सामुदायिक वनको तुरतुरे पाखामा दुई जना सिकार खेल्न गएकोबेला गोली लागेर युवकको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले प्रारम्भिक अनुसन्धानअनुसार बन्दुक रोहितले नै बोकेको देखिन आएको छ । प्रहरीले बन्दुकसहित छिमेकी ४७ वर्षीय सुनबहादुर गुरुङलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस