• २०८३ जेष्ठ २८ गते बिहिवार

थप १३९ जनामा कोरोना संक्रमण पुष्टी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २०,  काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टाका थप १ सय ३९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएको छ । मन्त्रालयका अनुसार योसगैं नेपालमा संक्रमितको संख्या ८ लाख १४ हजार ४ सय १७ जना पुगेको छ ।

मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ८ हजार १ सय ४४ जना रहेको छ । मन्त्रालयका अनुसार आज ६ सय ५९ जना डिस्चार्ज भएका छन । योसंगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ९४ हजार ८ सय ३४ जना रहेको छ ।

आज  थप १ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसगैं मृत्यु हुनेको संख्या ११ हजार ४ सय ३९ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस