कात्तिक २०, काठमाडौं । बेलायतले कोरोनाविरुद्धको खाने औषधिलाई प्रयोगको अनुमति दिएको छ।
अमेरिकी औषधि कम्पनी मर्क एण्ड रिजब्याक बायोथेरापेटिक्सले उत्पादन गरेको खाने औषधिको प्रयोगको अनुमति दिने बेलायत पहिलो राष्ट्र बनेको हो।
बेलायतको मेडिसिन एण्ड हेल्थकेयर उत्पादनको नियमक प्राधिकरणले मोलनूपिरावीर नामक औषधिको क्लिनिकल तथ्याङ्कको आधारमा मान्यता दिएको हो। यो औषधि कोभिड संक्रमण देखिएको वा संक्रमित भएको पाँचदिनभित्र खानुपर्नेछ।
मोलनूपिरावीर कोरोनाभाइरस विरुद्धको विश्वको पहिलो खाने औषधि हो। अमेरिमा भने औषधि प्रयोगको अझै पनि अनुमति दिइएको छैन । त्यहाँ नोभेम्बर महिनाभित्र प्रयोगको अनुमतिको सन्दर्भमा निर्णय हुने बीबीसीले जनाएको छ।