असोज २०, मुगु । नेपालीहरुको महान चाड बडादसैँ, तिहार छठ लगायत चाडपर्वलाई लक्षित गरी मुगु जिल्लाका सरोकारवाला निकाय , प्रहरी प्रशासननले पसल अनुगमनलाई तीव्रता दिएको छ । मंगलवार सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा खटिएको टोलिले सदरमुकाम गमगढी बजारमा अवस्थित पसल , मेडिकलमा लगायत अन्य पसलमा अनुगमनलाई तीव्रता दिएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोईरालाले बताए ।

उनका अनुसार मंगलवार २६ वटा पसलमा अनुगमन गरिएको थियो भने जसमा ५ हजार बरनवरको सामान जफत गरिएको बताए । पछिल्लो पटक चाडबाड लक्षित गरी अनुगमनलाई थप सहायक प्रजिअ कोईरालाको भनाई छ । अनुगमनका क्रममा अधिकांश पसलेले खरिदबिक्री देखाउन नसक्ने, अन्य कागजपत्र देखाउन नसक्ने, मूल्यसूची सार्वजनीक नगरी बढी मूल्यमा सामग्री बिक्री गर्ने र म्याद गुज्रिएको सामग्री बिक्री गर्ने गरेको पाइएको छ ।
कोरोना महामारीका कारण लामो समयसम्म ब्यापार नभएका व्यापारी चाडबाडको मौकामा म्याद गुज्रिएका खाद्यान्न सामग्री बिक्री गर्ने गरेको र त्यस्ता पसललाई आवश्यक कानुनी कारवाही गर्ने सुझाव दिएको जानकारी दिएको छ । मंगलवार गरिएको अनुगमगनको क्रममा ४ वटा मेडिकल, ६ एग्रोभेट, ५ मासु पसल र १६ वटा खुद्रा पसल अनुगमगन गरिएको बताईएको छ । बजारमा कालो बजारी हुन नदिन जिल्लाका सरोकारवाला निकायको छलफल भएको कोईरालाको भनाई छ । अनुगमनका क्रममा खाद्यान्न पसलमा म्याद नाघेका बिस्कुट, चकलेट, बनभिटा, चिउरा, भुजियालगायतका खाद्य वस्तु र पेयपदार्थमा रिएलजुस कोकोकोला, फ्यान्टा, बोटलको पानीलगायतका म्याद नाघेका सामग्री फेला परेको थियो ।
उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम खाद्य सामग्रीमा उत्पादन मिति नराखेको, लेबलिङ नगरेको, म्याद नाघेको खाद्य वस्तु बिक्री गर्ने, बिल बिजक नराखेको, व्यापारिक फर्म दर्ता नगरी व्यापार व्यवसाय गरेको पाइएमा तत्काल रु पाँच हजारदेखि रु तीन लाख जरिवाना गर्नसक्ने व्यवस्था छ भने तीन महिनादेखि एक वर्षसम्म कैद जरिवाना हुने व्यवस्था छ