• २०८३ बैशाख ११ गते शुक्रवार

बुढानिलकण्ठ नगरपालिकाका प्राविधिक बिनोद पौडेल रंगेहात पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २२, काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाका प्राविधिक बिनोद पौडेल ७२ हजार रकम सहित रंगेहात पक्राउ परेका छन। बुढानिलकण्ठ नगरपालिका कार्यालय नजिक रहेको एक कन्सल्टेन्सीमा लेनदेन गरिरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पौडेललाई पक्राउ गरेको हो।

अहिले प्राविधिक पौडेललाई होटल सब्रिनामा राखेर मुचुल्का र अनुसन्धान भैरहेको श्रोतले बताएको छ। बुढानिलकण्ठ नगरपालिकाका सव-इन्जिनियर पौडेलले सडक निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न पश्चात भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटि गएको टोलीले सेवाग्राहीसँग रु. ७२,०००।– (बहत्तर हजार रुपैयाँ) घुस लिइसकेको अवस्थामा उक्त घुस रकमसहित उनलाई बुढानिलकण्ठ नगरपालिका वडा नं. ६ स्थित सव्रिना होटलबाट नियन्त्रणमा लिईएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस