• २०८३ बैशाख १८ गते शुक्रवार

अवैध लागूऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २२, काठमाडौं । प्रहरीले देशभरीबाट अवैध लागूऔषध ब्राउनसुगर सहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली, धनगढी उपमहानगरपालिका-३ मायामेट्रो अस्पतालबाट ४ सय २० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गोदावरी नगरपालिका-४ बस्ने २३ वर्षीय रमेश विक र सोही ठाउँ बस्ने २३ वर्षीया चन्द्रा विक रहेका छन् । मोटरसाइकल दुर्घटनामा घाइते भई उक्त अस्पतालमा उपचाररत भएका २४ वर्षीय किसोर जोशीलाई उनीहरुले ब्राउनसुगर दिई रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुको साथबाट उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै बर्दिया, गुलरिया नगरपालिका-६ निलो पेट्रोल पम्पस्थित सडकबाट ९ सय ३० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गुलरिया नगरपालिका(४ बस्ने २१ वर्षीय सन्तोष भट्टराई र सोही नगरपालिका-७ बस्ने २२ वर्षीय अर्जुन सुनार रहेका छन् । शंकास्पद रुपमा हिँडडुल गरिरहेका उनीहरुलाई लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगंज बाँके र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस