असार २२ मुगु । जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउपालिका वडा नं ९ कालै गाउका घर परिवार लाई सोलार वितरण गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रको सहयोगमा कालै गाउका विपन्न ८६ घर परिवार लाई निःशुल्क सोलार वितरण गरिएको सोलार वितरणमा खटिएका कर्मचारी पदम बुढाले बताए ।

उनका अनुसार कालैका विपन्न घर परिवार लाई केन्द्रले तोके अनुसार प्रति ब्यक्ति झण्डै १८ हजार रकमको ८० वाट क्षमताका सोलार वितरण गरिएको छ । नजिकको स्थानीय सरकारले चुनावताका गरेका बाचा प्रतिबद्धता अहिले पुरा गर्न सकेको छैन । विभिन्न प्रकारका आश्वाशन दिई भोट मागे आफु कुर्चिमा गई सकेपछि जनताका गुनासा नसुन्ने आफ्नाे मनपरी ढंगबाट विकासका योजना वितरण गर्नोले हामी गरिब झन गरिब नै भएको सोलार पाउदै खुसिले कालै गाउका एक युवा सागर शाहीले बताए । विगतका दिनहरुमा कालै गाउमा विद्युत थिएन भुरो बालेर रात कटाई रहेका कालै बासि वर्षौदेखि अँध्यारोमा बस्दै आईरहेको बताए । अध्योरो रहेको कालै गाउ अब झिलिमिलि भएको छ ।
दुर्गमका गाउमा सोलार जडान भए पछि कोभिड १९ ले पठनपाठनमा प्रभावित परेका विद्यार्थीहरु लाई अब घरमै बसि पनि स्व अध्ययन गर्न सहज हुने र देश विदेशमा रहेका ईष्ट मित्रहरु लाई सहजै रुपमा मोवाईल चार्ज लगाई कुराकानी गर्न सकिने र स्थानीयको दैनिकी पनि सहजै पुरा गर्न सकिने सोरु गाउपालिकाका लोकबहादुर शाहीले बताए ।