• २०८३ बैशाख १६ गते बुधवार

थप २,६३४ जनामा कोरोना संक्रमण पुष्टि, १५ जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २२, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २,६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार ७,५०३ जनाको पीसीआर परीक्षणमा १,७१८ र ५,०८२ जनाको एन्टिजेन परीक्षणमा ९१६ जना गरी २,६३४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा एक हजार ५६५ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९४।६ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण नौ हजार २६३ जनाको मृत्यु भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस