असार २२,काठमाडौं। चारजना चिनियाँ नागरिकलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ । ठमेल क्षेत्रबाट उनीहरुलाई कस्तुरीको विना तस्करीको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसबाहेक उनीहरु जुवा खेल्नेरखेलाउने कार्यमा समेत संलग्न रहेको र उनीहरुबाट केही सामान समेत बरामद भएको बताइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरेर उनीहरुको बारेमा जानकारी दिने जनाएको छ ।