• २०८३ जेष्ठ ३१ गते आइतवार

सिरहामा मेडिकल सञ्चालकमाथि गोली प्रहार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २३, सिरहा । सिरहाको मिर्चैयामा शनिवार बेलुका औषधी व्यवसायीमाथि गोली प्रहार भएको छ । मिर्चैया नगरपालिका ५ घर भई मूख्य चोकमा सिद्धि मेडिकल हलका सञ्चालन गरेका ३९ वर्षीय रामसागर साफीमाथि पसलमै ३र४ जनाको समूहमा आएका व्यक्तिहरुले गोली प्रहार गरेका हुन् ।

साफीको दाँया खुट्टा र हातमा गोली लागेको बताइएको छ । उनको उपचार मिर्चैयाकै मङ्गलम हेल्थकेयरमा भइरहेको छ। पसलमा हिसाव मिलान गरिरहेको बेलामा बत्ति गएको मौका छोपी अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहका सूचना अधिकारी तथा डिएसपी शालिग्राम शर्माले घटनाबारे अनुसन्धान गरिरहेको बताए। अहिले घटनामा संलग्न रहेको अशंकामा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस