• २०८३ बैशाख ३१ गते बिहिवार

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाई आज हुँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २३,काठमाडौँ। प्रतिनिधिसभा विघटनबिरुद्ध परेको रिटमा आइतबार सुनुवाई हुँदै छ । आइतबार प्रधान न्यायाधीशले संवैधानिक इजलास गठन गर्नुहुनेछ र सोहीले सुनुवाई गर्नेछ ।

संवैधानिक इजलासमा रहेका दुई न्यायाधीशको निष्पक्षतामाथि कानुन व्यवसायीले प्रश्न उठाएपछि जेठ १८ मा आइतबार सुनुवाई हुनेगरी इजलास स्थगित गरिएको थियो ।

संवैधानिक इजलासमा रहेका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठबारे प्रश्न उठेपनि जेठ १८ मा उनीहरुले इजलास नछाड्ने राय दिनुभएको थियो । तर, बरिष्ठ न्यायाधीशहरु दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईले इजलासमा नबस्ने राय दिएपछि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले इजलास स्थगित गर्नुभएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस