बैशाख २३, काठमाडौं । काठमाडौंको क्षेत्रपाटीबाट प्रहरीले ६ सय २० लिटर सेनिटाइजर र ८ वटा अक्सोमिटर बरामद गरेको छ । प्रहरीले लाहान २४ घर भइ हाल का.जी १८ क्षेत्रपाटीमा बिबिआर इन्टरप्राइजेजका सञ्चालक भगवान बाबु राय राजपुतलाइ पक्राउ गरेकाे हाे ।

सेनिटाइजर र अक्सोमिटर कारोबारमा संलग्न एकजनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए ।
कोरोना महामारी तिब्र बढेको बेला अक्सोमिटर अक्सिजनको लेवल नाप्न प्रयोग गरिन्छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले बिना बिलका ५ लिटर दरका १ सय २४ ग्यालिन (६२० लि) सेनिटाइजर बरामद गरेको छ । थप विवरण आउन बाँकी छ ।
