बैशाख २३, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार ७०७ जना सङ्क्रमित कोरोनामुक्त भएको जनाएको छ । हालसम्म दुई लाख ९२ हजार ४९० जना कोरोनामुक्त भएका छन् ।
मन्त्रालयले हाल कोरोनाबाट निको हुने ७९.४ प्रतिशत छ । पछिल्लो चौबीस घण्टामा २० हजार ३६७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ९७० मा कोरोना सङ्क्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाबाट सङ्क्रमित हुने तीन लाख ६८ हजार ५८० पुगेको जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा ५४ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको उल्लेख गरेको छ । हाल ७२ हजार ५६१ मा सङ्क्रमण सक्रिय अवस्थामा छ । हाल ३१४ जना क्वारेन्टिनमा छन् ।