बैशाख २३, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो चौबीस घण्टामा २० हजार ३६७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ९७० मा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाबाट सङ्क्रमित हुने तीन लाख ६८ हजार ५८० पुगेको जनाएको छ ।
हाल ७२ हजार ५६१ मा सङ्क्रमण सक्रिय अवस्थामा छ । मन्त्रालयले चौबीस घण्टाको अबधिमा ७७५ जनाको एन्टिजेन परीक्षण गरिएको जनाएको छ । जसमध्ये एक सय जनाको रिर्पोट पोजेटिभ देखिएको छ ।