• २०८३ बैशाख १४ गते सोमवार

मन्त्री जुली महतो दम्पतीलाई कोरोना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २३, काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली महतो र उनका श्रीमान पूर्वमन्त्री रघुवीर महासेठलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्री महतोले सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन्।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छिन “मेरो पनि कोरोना भाइरसको रिपोर्ट पोजेटिभ देखाएको छ। चिकित्सकको निगरानीमा छु, आत्मविश्वास र मनोबल उच्च छ। छिट्टै नै पुर्ण स्वस्थ भएर आफ्नो नियमित कार्यमा फर्किनेछु। दशौं औला जोडेर सबैलाई विनम्र आग्रह छ – सजग बनौं !”

Sharing

प्रतिक्रिया दिनुहोस