वैशाख २३,काठमाडौँ । कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डिसिभिर औषधिको कालोबजारी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । २५ हजार पर्ने रेम्डिसिभिर औषधिलाई २ लाख २० हजार रुपैयाँमा बिक्री गर्दै गरेको अवस्थामा गोरखाका रसिक मियालाई काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मियाले आफूलाई त्रिवि शिक्षण अस्पताल अगाडिको सेवक फर्माका सञ्चालक दीपक ढकालले रेम्डिसिभिर बेच्न लगाएको प्रहरीसँगको बयानमा बताएका छन् । उनलाई संक्रामक रोग नियन्त्रण ऐन, कालोबजारी ऐनअनुसार कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।