• २०८३ असार १० गते बुधवार

चितवनमा कोरोना संक्रमितद्वारा आत्महत्या

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २३, चितवन। चितवनको माडीमा एकजना कोरोना संक्रमित युवकले झुण्डिएर आत्महत्या गरेका छन् । इलाका प्रहरी कार्यालय माडीका अनुसार माडी नगरपालिका वडा नं. ३ बगैचा टोलका ३५ बर्षीय युवकले गएराति घर पछाडिको गोठमा झुण्डिएर आत्महत्या गरेका हुन् । उनलाई गोठमा आइसोलेनसमा राखिएको थियो ।

यही वैशाख १२ गते भारतमा भएको भान्जीको बिहेमा सहभागी भएर १३ गते माडी फर्किएका उनमा तीन दिन अगाडि मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई झाडापखलासमेत लागेको जनाइएको छ । अहिले उनको शवको पोष्टमार्टम एवम् व्यवस्थापनबारे छलफल भैरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस