• २०८३ बैशाख ४ गते शुक्रवार

कवाडी बोकरै गुजारा चलाउदै जौमति, स्थानीय सरकारले हामीहरुलाई वास्ता गर्दैन

खड्क सुनार पढ्न लाग्ने समय : ३ मिनेट

माघ २४ मुगु । कुनै पनि नागरिकलाई ईच्छा अनुसारको काम गर्न भन्दा अलि परको काम गर्न लाज सरम लाग्छ । एक मजदुरले आफ्नो घर परिवार पाल्नको लागि विदेशको खाडि मुलुक किन नहोस पालेकै हुन्छ ।

विदेशीएका ति नागरिकहरु शौचालय सरसफाई देखि अन्य लेवर काम गरेकोे तपाई हामिले सुन्दै आएको कुरा हो । तर यहाँ ग्रामिण भेगमा यस्ता काम गर्नमा लाज मान्छन् । यसका साथै हिमाली जिल्ला मुगुकी एक महिला जिल्लामै उदाहरणिय बनेकि छन् । उनी हुन छायानाथ रारा नगरपालिका वडा नं १ छत्याल वाडाकि दलित महिला जौमति नेपाली । उमेरले ३७ पुगिन ।

नेपाली एक मजदुर महिला पनि हुन । उनको घरमा रोजगार त के स्वरोजगार बन्ने ठाँउ पनि छैन । ३ छोरा, ३ छोरीकी आमा पनि हुन । उनलाई करिब आधा दर्जन छोराछोरी सँगै श्रीमानलाई पनि धानेकी छन् । कवाडी बोकेरै ।

उनी बिहानै ५ बज्ने उठ्ने बित्तिकै नाम्लो , बोरा थारै थोरै रोटि खाने कुरा आफ्नो काखमा च्यापेर दिन प्रतिदिन सदरमुकाम गमगढी बजार तिर आउछिन् । उ%Aी बजार आए पनि त्यति %0िर्दिनन् । उनका दिन चर्या बित्छन् त केवल कवाडी ओसार पोसारमा ।

नेपालीलाई कवाडी ओसार पोसार गर्दे उनको दिन त्यसैमा बित्छ । उनी बजारको छेउ छेउमा, गाडी बनाउने ग्यारेज भएको ठाउमा उनी पुग्छन । त्यहाँ काम नलाग्ने फलामे सामनहरु लथागिलग अवस्थामा फालिएका हुन्छ्न ति समान ाई सहजै रुपमा उठाई बोकेर एक ठाउमा जम्मा गरि विक्रि वितरण तर्फ लाग्छिन् ।

उनी भन्छन् यो कवाडी बोकरै घर परिवार पालेकि छु । यो बाट आम्दानि त हुदैन तै पनि विहान बेलुका छाक टार्नको लागि मात्र हो । यो बाट नुन, तेल, फेर्नको लागि मात्र हुन्छ । कवाडी बेचे पछि एक केजिको १० रुपैया देखि १५ सम्म पर्न जान्छ । यति थोरै रुपैयाले कहाँबाट कमाई होला उनले भनिन् ।

यसै मुल्यमा विक्रि वितरण नगरौ भने आफुलाई खान पुग्दैन । यसको दर थारै छ काम भने खटिएर गर्नु पर्छ । विगत १५ वर्ष देखि यो काम गर्दे आईरहेकि नेपाली हालसम्म उहीमै छन् ।
उनको जीवनमा कहिल्यै अन्य काम गर्ने मौका मिलेन । नेपालीलाई त्यो बाहेक अन्य काम गर्ने कुनै ठाउ पनि छैन । जागिर खाउ भने साक्षरता छैन । भारत तिर जाउ भने घरमा लह लह गर्दा छोरा छोरी छन् ।

उनको कमाई यसैमा छ । त्यति मात्र होईन जिल्ला भन्दा बाहिरबाट आएका यहाका ठुला व्यपारीहरु गाडीमा आएको सामान पनि ओसार्ने गरेकि छन् । यहाका व्यपारीको सिमेन्ट, चामल, नुन लगायत अन्य खाद्यान्न सामग्री पनि बोक्ने गरेकी छन् । उनले यसरी भनिन् महिला भने त चुलो चौकोमा मात्र सिमित हुने हो । यति मात्र होईन महिला भनेकै घरकि गृहणि पनि हुन । महिलाले घरको डिल पनि छोड्नु हुन्न भन्ने विश्वास रहेको छ तर आफुलाई घरको डिल त के काममा पनि बस्नै पाईदैन । यति नगरे खान पनि पाईदैन उनले दुुखेसो पोखिन ।

गर्देनन् स्थानीय सरकार वास्ता
देशमा संघियता लागु भएको करिब ३ वर्ष पनि बितिसकेको छ । रोजगार नभएका लाई रोजगार दिने , जहाँ विकास भएको छैन त्यहा विकास गर्ने, जनताका ईच्छा चाहना रुचि अनुसार काम गर्ने स्थानीय सरकारको काम हो ।

चुनावका बेला विभिन्न प्रकारका प्रलोभन , लाञ्छना लगाएर भोट माग्छन् अहिले आफ्नो स्थानमा पुगे पछि कुनै पनि नेता माईकालाल भएर आएनन् । स्थानीय सरकारले धेरै नभए पनि थोरै मात्रामा सिप मुलक काम दिए त्यसै बाट सम्बृद्धि बन्ने उनी बताउछन् । उनी भन्छन् आफु यहाको छायानाथ रारा नगरपालिकाले महिलाको लागि सिप मुलक काम गर्न अवसर प्रदान गरे जिवन गुजार्ने बताईन् । ३ वर्ष बिति सक्दा पनि यस नगरपालिकाले महिलाको लागि कुनै पनि सिप मुलक कार्यक्रम नल्याएको उनी बताउछन् ।

Sharing

प्रतिक्रिया दिनुहोस