• २०८३ जेष्ठ ९ गते शनिवार

रौतहटमा अनुकुल हाकिम नपाउँदा नगर प्रमुखले गरेनन् नगरसभा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष २२, रौतहट। नगर प्रमुखले आफु अनुकुलको प्रमुख प्रशासकिय अधिकृत मन्त्रालयले नपठाउँदा सम्म नगरसभा नगर्ने नियत राखेपछि रौतहटको राजदेवी नगरपालिकामा अहिलेसम्म नगरसभा हुन सकेको छैन् ।

स्थानीय सरकार संचालन ऐन २०७४ मा आर्थिक वर्षको असार १० गतेभित्र सबै स्थानीय तहको परिषद् सम्पन्न गरेर प्रस्तुत बजेट असार मसान्त भित्र वहुमत सदस्यबाट पारित गर्नुपर्ने प्रावधान छ । तर असार १० गतेभित्र गर्नुपर्ने नगरसभा नगरप्रमुख धिरेन्द्र कुमार सिंहले हाल निमित्त प्रमुख प्रशासकिय अधिकृत स्वास्थ्य शाखा प्रमुख सुवोध साहलाईनै मन्त्रालयले प्रमुख प्रशासकिय अधिकृत हुनुपर्ने मनासय राखेपछि पौष १ गते हुने भनिएको नगरसभा हुन सकेन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंसिर २२ गते प्रमुख प्रशासकिय अधिकृतको रुपमा विनोद कुमार दत्तलाई सो नगरपालिकामा सरुवा गरेर पठाएको थियो । तर नगर प्रमुख सिंहले दत्तलाई अहिले माहोल ठिक नरहेको भन्दै हाजिर गराउन मानेनन् ।

उनले हाल निमित प्रमुख प्रशासकिय अधिकृत साहनै कार्यालय प्रमुख हुनुपर्ने अडान लिइरहेका छन् । दत्तलाई हाजिर नगराएर साह मार्फतनै कार्यालय संचालन गरेपछि पुष २ गते मन्त्रालयले नगरपालिकालाई पुनः एकपत्र लेख्दै साहको जिम्मेवारी रद्ध गरेकोभन्दै पत्रचार गर्दै ताकेता गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस