• २०८३ जेष्ठ २९ गते शुक्रवार

सर्लाहीमा डुबेर एक बालकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २२, सर्लाही। सर्लाहीमा नालामा डुबेर एकजना बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मंगलबार साँझ घर अगाडिको नालामा डुबेर मलंगवा नगरपालिका वडानम्बर १ भेडहियाका पप्पु मण्डलका २ वर्षीय छोरा बजरंगी मण्डलको मृत्यु भएको हो ।

सिकिस्त भएका बालकलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा लग्ने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शवलाई परीक्षणका लागि जिल्ला अस्पतालमै राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस