• २०८३ बैशाख ११ गते शुक्रवार

भारतीय  सीमा नाका नखुले पनि भन्सार राजश्व बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस २२, सिरहा । भारतीय सीमा नाका नखुले पनि भन्सार राजश्व बढेको छ । भन्सार राजश्व कार्यालय ठाडी सिरहाले चालु आर्थिक वर्ष २०७७/७८ को पाँच महिनाको अवधिमा रु चार करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ । कोरोना सङ्क्रमण फैलिन नदिन सरकारले भारतीय सीमा नाका बन्द गरेकै अवस्थामा ठाडी भन्सारले चालु आवको साउनदेखि मङ्सिरसम्मको अवधिमा रु चार करोड ८९ लाख ४५ हजार राजश्व सङ्कलन भएको जनाएको छ ।

भारतबाट गहुँ, चामल, आलु, प्याज, फलफूल, बेसार र तरकारीलगायतका सामग्रीको आयात बढेको र खाद्यान्न सामग्री आयतमा भन्सार वृद्धि भएकाले राजश्व सङ्कलनमा वृद्धि भएको भन्सार कार्यालय प्रमुखले जानकारी दिनु भएको छ । अघिल्लो आव २०७६/७७ मा सो कार्यालयले रु सात करोड १६ लाख ७९ हजार राजश्व सङ्कलन गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस