• २०८३ बैशाख १६ गते बुधवार

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १९, कालिकोट । अवरुद्ध कर्णाली करिडोर सञ्चालनमा आएको छ । कालिकोटको नरहरिनाथ गाउँपालिकाको लालीघाटबाट हुम्लाको सल्लीसल्लासम्मको सडक खण्डको वर, गोब्रेभिड र खोलीबजार सिमखेतमा गएको पहिरो पन्छाएर सडक सञ्चालनमा आएको हो ।

पहिराको कारण करिडोरका विभिन्न ठाउँमा ठूला–ठूला ढुङगा खसेर अवरुद्ध भएको थियो । अवरुद्ध सडक खुलाउन नेपाली सेनाले निरन्तर काम गरेको थियो ।

सेनानी प्रेम कार्कीले अवरुद्ध सडक १५ दिनपछि खुलाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “निरन्तर काम गरेर पहिरो पन्छाई सडक पूर्णरूपमा सञ्चालनमा ल्याऔँ । ” सडक अवरुद्ध हुँदा कालिकोट, बाजुरा र हुम्लाका धेरै नागरिकले सास्ती खेप्नुपरेको थियो । गत असोज ३१ देखि चार दिन लगातार परेको वर्षाले कर्णाली करिडोर अवरुद्ध भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस