असोज १९, काठमाडौं । तारकेश्वर नगरपालिकामा अखिल नेपाल किसान् महांसंघ २५ सदस्यीय मकिटी गठन भएको छ । तारकेश्वरमा अशोक कुमार चम्रेलको अध्यक्षतामा कमिटि गठन गरिएको हो ।

कार्यक्रममा तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराको प्रमुख आतिथ्यता र विशेष अतिथि किसान महासंघ उपत्यका संयोजक-कृष्ण अधिकारी लगायत नेकपा एमालेका विभिन्न निकायका नेता कार्यकर्ताहरुको पनि उपस्थिति थियो ।

महासंघमा सचीवमा सरोज खतिवडा र कोषाध्यक्षमा चन्द्रा कुमारी श्रेष्ठ चयन हुनुभएको छ । कमिटी लाई उपत्यका संयोजक ले सपथ गराउनु भएको थियो । कार्यक्रम जिल्ला अध्यक्ष बलराम धितालको अध्यक्षतामा भएको हो । कार्यक्रम केन्द्रीय सदस्य सुजाता अधिकारीको संचालनमा भएको थियोे ।