• २०८३ बैशाख ८ गते मङ्गलवार

चट्याङ लागेर बैतडीमा एकको मृत्यु, तीन घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १९, बैतडी ।  डिलाशैनी गाउँपालिका–५ खालीफाँटाका २७ वर्षीय महेश लुहारको चट्याङ लागेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाका अनुसार सोमबार राति परेको चट्याङले अन्य तीन जना घाइते भएका छन्। घाइते हुनेहरुमा सोही ठाउँमा  अम्बे लुहार, हरिचन्द्र कोली र दार्चुलाको शैल्यशिखर नगरपालिका–९ का दीपक महर रहेका छन्।

घाइतेहरु खतरामुक्त रहेको र उपचारका लागि गोकुलेश्वर अस्पताल ल्याउँदै गरेको प्रहरी निरीक्षक ओझाले बताए। प्रहरीको टोली अहिले घटनास्थलमा खटिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस