• २०८३ बैशाख ५ गते शनिवार

भूमि आयोग विघटनको विरोधमा राष्ट्रिय युवा संघको प्रदर्शन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २१, काठमाडौँ । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटनको विरोधमा एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले प्रदर्शन गरेको छ । बिहीबार काठमाडौँ र भक्तपुरको सीमा क्षेत्र मनोहरा सुकुम्बासी बस्तीबाट संघले विरोध जुलुससहित प्रदर्शन गरेको हो ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पालामा गठन भएको आयोगले काम गर्दै भुमि बिहिन सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउने अन्तिम चरणमा पुगेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले विघटन गरेसँगै राष्ट्रिय युवा संघले विरोध प्रदर्शन गरेको हो । कार्यक्रममा संघका उपाध्यक्ष क्षितिज थेवे र अध्यक्ष किरण पौडेलले संबोधन गरेका थिए ।पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्न भन्दै देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा २ वैशाख २०७७ मा आयोग गठन गरेको थियो । तर नयाँ सरकारले १९ साउनमा देवि ज्ञवाली नेतृत्वको आयोग खारेज गर्ने निर्णय गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस