साउन २१ मुगु । चीन सँग सिमा जोडिएको हिमाली जिल्ला मुगुमा विहिवार देखि तपाईको मास्क खोई अभियान सञ्चालन भएको छ । पछिल्लो समय जिल्लामा कोरोना भाइरस कोभिड १९ को संक्रमण दिन प्रतिदिन संक्रमितको संख्या बढ्दै गईरहेकाले यसको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय मुगुले तपाईँको मास्क खोई अभियान सुरु गरेको हो। सो अभियानमा विहिवार सदरमुकाम गमगढी बजारमा निस्कीएका प्रहरी नायव उपरिक्षक चित्र बहादुर भट्राईले घर बाट बाहिर निस्कीदा अनिवार्य रुपमा मास्क प्रयोग गर्नु भन्दै प्रहरी तपाईको मास्क खोई अभियान सञ्चालनमा ल्याएको उनले बताए । यदि मास्क विना बजार लगायत अन्य स्थानहरुमा आवतजावत गरे एक सय रुपैया जरिवाना गरिने पनि उनले जानकारी दिए । जि.प्र.का मुगुको नेतृत्वमा उधोग बाणिज्य संघ, सामुदायिक प्रहरी विट , सर्वसाधारण अगुवाईको यो अभियान शुभारम्भ भएको छ । माक्स नलगाई हिँड्ने जोकोहीलाई एक सय रुपैयाँ जरिवान गर्ने जिल्ला प्रहरी कार्यालयका डिएसपी चित्रबहादुर भट्टराईको भनाई छ । आज बाट सुरु भएको यो अभियान निरन्तर रुपमा चल्ने भएको छ भने बजारमा मास्क नलगाएका स्थानीय लाई मास्क लगाउ , र केही मास्क पनि वितरण गरेको छ । बजारमा सञ्चालनमा रहेका साना तथा ठुला पसलहरुका प्रोपाईटर ब्यापारी हरु लाई मास्क प्रयोग गर्न , र ग्राहक वर्ग लाई पनि मास्क अनिवार्य रुपमा मास्क प्रयोग गर्न सुझाव दिएको उधोग बाणिज्य संघ मुगुका अध्यक्ष कमल बुढाले बताए।अहिले जिल्लामा कोरोना संक्रमणको दर उच्च रहेको छ भने सदरमुकाम देखि २ दिनको यात्रा गरेर पुगिने मुगु गाउमा एकै दिन ३५ जना लाई कोरोना संक्रमण फेला परेको थियो ।