साउन २०, मुगु । जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउपालिकाले पालिका भरका सबै सामुदायिक विद्यालय पठनपाठन सञ्चालनमा ल्याएको छ ।
गाउपालिकाको बसेको बैठकले साउन २० गते अर्थात बुधवार बाट पालिका भरका सबै विद्यालय पठनपाठन सञ्चालनमा ल्याएको हो ।
पछिल्लो समय दोस्रो चरणको कोरोना संक्रमणले आक्रान्त पारि रहेको अवस्थामा स्वास्थ्यका मापदण्ड अपनाई र कोरोना संत्रमणको जोखिम रहेको गाउपालिका पछिल्लो समय केही मात्रा सिथिल अवस्थामा रही र विद्यार्थीको पढाई लाई मध्येनजर गर्दे पालिका भरका सबै विद्यालयलाई सञ्चालन ल्याएको सोरु गाउपालिकाको शिक्षा शाखाले जानकारी दिएको छ ।
शिक्षा शाखाका अनुसार पालिका भरका सामुदायिक विद्यालयमा सबै विद्यार्थीको हात हातमा पुस्तक वितरण र स्वयम शिक्षकनै उपस्थिती भई नियमित रुपमा विद्यालय पठनपाठन गरेको शिक्षा शाखा प्रमुख निर्मल देवकोटाले जानकारी दिए ।
देवकोटाका अनुसार विद्यालय बाहिर रहेका सबै शिक्षकलाई विद्यालयमा हाजिर हुन परिपत्र गरिएको बताए । लामो समय विद्यालय बन्द हुँदा सबैभन्दा बढि मर्कामा परेको विद्यालय क्षेत्रलाई पुरानै लयमा फर्काउनका लागि विद्यालयलाई सञ्चालनमा ल्याएको जनाएको छ ।