• २०८३ बैशाख ९ गते बुधवार

चितवनको जंगलमा ९ दिनदेखि हराइरहेकी युवतीको शव फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २१, चितवन । चितवनको राप्ती नगरपालिकामा ९ दिन देखि हराइरहेकी एक युवतीको शव फेला परेको छ । आइतबार साँझ राप्तीकै ब्रम्हस्थानी सामुदायिक बनमा युवतीको शव फेला परेको हो । उक्त शव राप्ती नगरपालिका ३ की २२ बर्षीया सुजिता भण्डारीको रहेको परिवारका सदस्यले बताएका छन् ।

शव घटनास्थलमै रहेको र पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको छ । वनको बीचमा झाङमा अड्किएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस