जेठ २२, बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालको कमान्डमा खटिएको प्रहरी टोलीले कोहलपुर राजमार्ग हाइबे सडकमा निषेधाज्ञाको अवज्ञा गर्ने ७१ वटा अटो रिक्सा र चालकलाई होल्ड कार्वाही गरी सम्झाई बुझाई गरी छाडिएको छ ।
देशभर कोरोनाको नयाँ भेरिएन्ट सहितको सक्रमण तिव्र रुपमा फैलिएको र यसको संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार अटोरिक्सा डोल्डमा राखिएको हो ।
होल्ड कार्वाहीमा परेका यात्रु र चालकहरुले छिटोभन्दा छिटो स्वास्थ मापदण्ड पालाना गरेर लकडाउन खोल्न र काम गरीखाने बाताबरण गरिदिन सरकारसंग माग गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिसपी खनालले जानकारी दिनुभएको छ ।