बैशाख २२, गोरखा । गोरखामा पनि निषेधाज्ञा लगाइने भएको छ । गोरखामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि बुधवार ९आज० राति १२ बजेदेखि लागू हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरिएको हो ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसी र जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारी पौडेलले वैशाख महिनाभर लागू हुने गरी गोरखा जिल्लाभर निषेधाज्ञा जारी गर्नुभएको हो ।
जिल्लामा गोरखा र पालुङटार नगरपालिकासहित आरुघाट गाउँपालिकामा मङ्गलवार ९हिजो० रातिदेखि नै निषेधाज्ञा जारी गरिएको थियो । भीमसेन थापा गाउँपालिका ७ र ८ मा पनि यसअघि नै निषेधाज्ञा गरिएको हो । गोरखामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक शय ९६ पुगेको छ ।