• २०८३ जेष्ठ ७ गते बिहिवार

काठमाडौँबाहेक चार विमानस्थलबाट आकस्मिक उडानको अनुमति

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २२, काठमाडौँ। वायुसेवा कम्पनीले आपतकालिन अवस्थामा काठमाडौँ बाहेक मोफसलका थप चार विमानस्थल कार्यालयबाट उडान अनुमति लिन सक्ने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले अधिकार प्रत्यायोजन गर्दै त्रिभुवन विमानस्थलबाहेक मोफसलका चार वटा विमानस्थलबाट समेत आकस्मिक उडानको अनुमति दिने निर्णय गरेको हो ।

प्राधिकरण स्रोतका अनुसार त्रिभुवन विमानस्थल कार्यालय, नेपालगन्ज नागरिक उड्डयन कार्यालय, पोखरा नागरिक उड्डयन कार्यालय, सुर्खेत नागरिक उड्डयन कार्यालय र लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलबाट आकस्मिक उडानको अनुमति लिन सकिने भएको छ । यसअघि काठमाडौँबाट मात्र आकस्मिक उडानका लागि अनुमति दिने व्यवस्था रहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस