• २०८३ जेष्ठ ६ गते बुधवार

मुख्यमन्त्री गुरुङको एन्टिजिन परीक्षण पोजेटिभ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २२,कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको एन्टिजिन परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गरिएको छ र त्यसको रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ । मंगलबार उनी संसदीय दलको बैठकमा सहभागी भएका थिए ।

बैठक सकेर निवासमा फर्किएपछि उनलाई ज्वरो आएको थियो । त्यसपछि उनको एन्टिजिन परीक्षण गरिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस