• २०८२ असार ४ गते बुधवार

शिखर ईन्स्योरेन्सद्धारा मृत्यु दाविको चेक हस्तान्तरण

खड्क सुनार पढ्न लाग्ने समय : १ मिनेट

फागुन २१ मुगु । जिल्लामा रहेको एक ईन्स्योरेन्सले मृत्यु दावि वापतको रकम विहिवार चेक हस्तान्तरण गरेको छ । सदरमुकाम गमगढी बजारमा रहेको शिखर ईन्स्योरेन्सले सवारी दुर्घटनामा परेको एक ब्यक्ति लाई रु ५ लाख बरावरको सो चेक हस्तान्तरण गराएको हो ।

गएको साउन महिना २८ गते गमगढी देखि तारापानी सम्म जाने क्रममा साहु गगन बुढाको क १ ज ३२ नम्वर जिप निगाले भन्ने स्थानमा दुर्घटनामा परि मृत्यु भएका धरम लावडका बुवा रामलाल लावडका नाममा विहिवार रारा छायानाथ यातायात प्रालिका महासचिव नेताप्रसाद चौलागाईको रोहवरमा ५ लाख रकमको चेक हस्तान्तरण गरिएको हो । सामुहीक रुपमा चेक हस्तान्तरण गर्दे ईन्स्योरेन्सका शाखा प्रमुख रामलक्ष्मि मल्लले भन्नु भयो यस ईन्स्योरेन्सले विभिन्न प्रकारकामा मृत्यु भएका उक्त ब्यक्ति लाई मृत्यु दावि वापत रकम हस्तान्तरण गर्दे आईरहेको बताईन ।

साहु गगन बुढाले भने यस ईन्स्योरेन्समा मैले सवारी विमा गरेको थिए यसै अनुरुप गाडी दुर्घटनामा परि ज्यान गुमाएका लावडलाई मृत्यु दावि वापत रकम हस्तान्तरण गरिएको बुढाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस