• २०८३ जेष्ठ २७ गते बुधवार

सतुंगलमा शहरी स्वास्थ्य केन्द्रको उद्घाटन

विश्वतम श्रेष्ठ पढ्न लाग्ने समय : १ मिनेट

फागुन २१, काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं.११ सतुंगलमा हरी स्वास्थ्य केन्द्रको स्थापना गरिएको छ । विशेष कार्यक्रमका बीच बिहिबार च.न.पा. नगर प्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यतामा शहरी स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको हो ।

उक्त अवसरमा नगर प्रमुखले चन्द्रागिरि नगरपालिकाका सबै वडाबासीहरुलाई सरल, सहज र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न नगरपालिका लागिपरेको बताउनु भयो । नगर प्रवक्ता तथा वडा ११ का वडाध्यक्ष हरिभक्त महर्जनको सभाध्यक्षता  सम्पन्न कार्यक्रममा वडा १० का वडाध्यक्ष, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, अन्य अतिथिहरु, स्वास्थ्य कर्मीहरुका  साथै नगरबासीको  पनि उपस्थिति रहेको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस