पौष २१, झापा । झापाको कन्काई नगरपालिका-५ मा टिपरले मोटरसाईकललाई ठक्कर दिंदा चालकको मृत्यु भएको छ । सोमवार दिउँसो ३ बजेको समयमा टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय सुरुङगाका अनुसार बा २ ख ९२८४ नम्बरको टिपरले को ६ प २०८५ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक झापा गाउँपालिका-३ का १९ बर्षीय सागर लिम्बुको घटनास्थलमा नै मृत्यु भएको हो । मोटरसाईकललाई ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।