• २०८३ बैशाख ४ गते शुक्रवार

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २१, राजविराज। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको वीरेन्द्र बजारमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्रकले वीरेन्द्रबजारमा सप्तरीको विष्णुपुर गाउँपालिका-१ का ३५ वर्षीय रामकुमार खत्वे मण्डललाई ठक्कर दिदा घाइते भएका भएका थिए ।

घाइते भएका मण्डलको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस