पौष २१, बाँके । जिल्ला प्रहरी कार्यालय, बाँकेले पत्रकार सम्मेलन गरेर कटुवा पेस्तोलसहित दिपककुमार चौधरी (बर्मा) पक्राउ, मोटरसाइकल चोर पक्राउ, फरार अभियुक्त, भन्सार चोरी पैठारीको सामन बरामद, हराएको मोबाइल फेलादेखि मादक पदार्थ सेवन गरी सवारी चलाउने माथि कारबाही गरेको जानकारी दिएको छ ।
प्रहरीले चौधरी (बर्मा) लाई पसलमा बसिरहेको बेलामा खानतलासी गर्दा कम्मरको दायाभागमा पेस्तोल बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले ६ महिनामा ५ थान भरुवा बन्दुक, तीन थान कटुवा पेस्तोल र १० राउण्ड गोली बरामद गरेको जानकारी दिनुभयो ।
प्रहरीले चालु आर्थिक वर्षमा २७ वटा मोटरसाइकल चोरी भएकोमा ७ वटा फेला पारेको जानकारी दिएको छ । २० वटाको खोजी भइरहेको छ । प्रहरीले तीन जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले हालसम्म ४ सय ७८ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले चालु आर्थिक वर्षमा एक करोड ८० लाख ७२ हजार २ सय ७८ रुपैया बराबरको राजश्व संकलन गरेको जनाएको छ । एसपी रानाका अनुसार, २ सय ३६ वटा मोबाइल हराएको निवेदन परेकोमा ५५ वटा फेला परेको छ ।