असोज १८, काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले मन्त्रिपरिषदमा आफ्नो भागबाट पनि एक जना मन्त्री बन्न लागेको भन्ने समाचार सत्य नभएको बताएका छन् ।

आज बिहान सर्वोच्च बार एसोसिएसनका पदाधिकारीहरुसँग भएको भेटमा प्रधानन्याधीश जबराले त्यसलाई ‘जोक’ भएको र उक्त समाचार सत्य नभएको भन्दै त्यसको खण्डन गर्ने बताएका छन ।