• २०८३ जेष्ठ २६ गते मङ्गलवार

कोलकाताले हैदराबादलाई ६ विकेटले हरायो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १८, काठमाडौँ। इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । दुबईमा गएराति भएको खेलमा कोलकाताले सनराइजर्स हैदराबादलाई ६ विकेटले हराएको हो । हैदराबादले दिएको १ सय १६ रनको लक्ष्य कोलकाताले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

कोलकाताको जितमा सुबमन गिलले ५७ रनको अर्धशतकीय पारी खेले भने नितिष रानाले २५ तथा दिनेश कार्तिकल १८ रन बनाए । जितसँगै१३ खेलमा १२ अङ्क जोडेर कोलकाता चौथो स्थानमा रहेको छ । १२ खेलमा २ खेल मात्र जितेर ४ अङ्क जोडेको हैदराबाद पुछारमा छ । हैदराबाद प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस