• २०८३ बैशाख ११ गते शुक्रवार

एमसिसी संसदबाट पास भए नेपालको कानुनभन्दा ठूलो हुन्छ, मान्य हुँदैन : भीम रावल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौं, १९ काठमाडौं ।  नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) देशको स्वाधिनता विरुद्ध भएको दाबी गरेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संसदबाट एमसिसी पारित भए त्यो नेपालको कानुनभन्दा ठूलो हुने र मान्‍य नहुने दाबी पनि गरे।

प्रधानमन्त्री शेरबहादुर देउवाले नै सरकारको नेतृत्व गरिरहेको बेलामा २०७४ सालमा सम्झौता भएको एमसिसीबारे उनले भने, ‘५५ अर्बले देश झिलिमिली हुन्छ भनेर भ्रम फैलाइएको छ। हामी अर्काको नेतृत्वमा बस्न सक्दैनौँ। देशको स्वाधीनतासँग जोडिएको छ। एमसिसीबारे गोप्य सहमति भएको छ।’

सम्झौता अनुमोदन हुनुअघि नै कार्यन्वयन प्रक्रिया अघि बढाइसकेको बताए। सहयोग दिनको लागि नेपालमा विज्ञापन गरेर भ्रम फैलाइएको बताए।

उपाध्यक्ष रावलले भने, ‘सहयोग दिनको लागि कसैले झ्याली पिट्दैन। यो सम्झौता असमाजन छ। त्यो देशको स्वाधिनता विरुद्ध बोलेको छ। सम्झौता नेपालको कानुनभन्दा माथि जान्छ। यो सम्झौता पारित भएपछि अहिले अमेरिकाको कानुन मान्नुपर्छ। अमेरिकाले अब नेपालमा सेना राख्न पाउनुपर्छ भनेर कानुन बनायो भने पनि हामीले मानुपर्छ।’

अहिले देशको राजनीतिक अस्थिरता भएको मौका पारेर सहमति संसदमा अघि बढाउन खोजेको आरोप लगाए।

Sharing

प्रतिक्रिया दिनुहोस