• २०८३ बैशाख १८ गते शुक्रवार

भूमि आयोग विघटनप्रति श्रेष्ठको असन्तुष्टि : अब धरहरा र रानीपोखरी पनि भत्काउनु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन,२० काठमाडौं । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोगको खारेज गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमा लेख्दै श्रेष्ठले अघिल्लो सरकारले गरेकै नाममा राम्रा काम पनि उल्ट्याएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

‘भूमिसम्बन्धी आयोगलाई देउवा सरकारले खारेज गरेर नितान्त गलत कार्य गरेको छ। यो भूमिहीन, गरिब, सुकुम्वासी र तल्लो बर्गका जनताको जीवनसित जोडिएको आयोग थियो। यसमा बेठीक मानिस परेका छन् भने तिनलाई पो हटाउने हो त ! श्रेष्ठले लेखेका छन्, ‘अघिल्लो सरकारले गरेको हरेक कुरा उल्ट्याउने सोच र संस्कृतिबाट हरेक सरकार मुक्त हुन आवश्यक छ।’

उनले  राम्रा कुरालाई  जसले थाले पनि निरन्तरता दिइनु पर्नेमा जोड दिएका छन्।

श्रेष्ठले लेखेका छन्, ‘जनविरोधी-देशघाती कुरा मात्र उल्ट्याउने हो। नत्र त धरहरा पनि उल्ट्याए भयो। रानी पोखरी पनि भताभुंग पारे भयो।

 

Sharing

प्रतिक्रिया दिनुहोस